हेलि एभरेष्ट एयरको हेलिकोप्टर आइतबार बिहान धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको छ ।
इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा हेली एभरेष्ट एयरको नाइनएन एएनबी कल साइनको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ । उक्त हेलिकप्टर ढिस्कोमा ठोक्किएर पल्टिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
दुर्घटनामा पाइलट प्रिया अधिकारी सामान्य घाइते भएकी छन् भने उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्