भाद्र १ देखि नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका

  • नेपाल राष्ट्रिय दैनिक
  • २८ श्रावण २०८०, आईतवार ०८:३३
Kathmandu mahanagarpalika

काठमाडौं : बजारलाई थप व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिकालेआगामी भाद्र १ गतेदेखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले हाल अनुगमनका लागि सूचक तयार पार्ने, अनुगमनका लागि सूचना र विवरण संकलन गर्ने , कामको खाका तयार पार्नेजस्ता कामको तयारी गरिरहेको र भाद्र १ देखि नियमित अनुगमन गर्ने तयारीमा लागेको जनाएको छ ।हाल आकस्मिक रूपमा भैरहेको अनुगमनलाई थप व्यवस्थित र नियमित गर्न महानगरले तयारी गरिरहेको अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ।

हाल ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भइ कार्यप्रारम्भ भइसकेको र ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमा पनि थालिएको महानगरले जनाएको छ। यसअघि चाडवाडको समयमा मात्र गरिँदै आएको अनुगमन प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै महानगरले नियमित अनुगमनको कार्यलाई अगाडी बढाउने तयारि गरेको महानगरले जनाएको छ।

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख विनियोजन गरेको छ। कामपाको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५