बुढीगंगा नगरपालिकाको मतगणना सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 8, 2022
matgadana

बाजुरा:हिजो सम्पन्न बुढीगंगा नगरपालिका वडा नम्बर १ र १० को निर्वाचनको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन हिजो पुन: गरिएको थियो। हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सर्वदलीय बैठक राखेर २-२ वटा वडाको गरि मतगणना गर्ने सहमति गरेको छ। मतगणना अवधिभर बुढीगंगा नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

बुढीगंगा नगरपालिकाको मेयर पदको लागि एमालेबाट रामबहादुर बानियाँ र गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खातीले प्रतिस्पर्धा गरेका छन् भने,उपप्रमुखमा एमालेबाट माया खड्का र गठबन्धनबाट नेपाली कांग्रेसकी रिता शाही प्रतिस्पर्धिको रुपमा रहेका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५