सरकारले पेट्रोलिमय पदार्थमा लगाउंदै आएको कर घटाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 27, 2022
pradhanmantri karyalay mantrparishad

नागरिक स्तरबाट भएको चौतर्फी विरोध र आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थमा लगाउंदै आएको कर घटाउने भएको छ।

सरकारले दुई शिर्षकको कर हटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको भएपनि कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन।सरकारले भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ गरि कुल १० रुपैयाँ कर घटाउने विषयमा छलफल अगाडी बढाएको छ।

सरकारले पेट्रोलमा भन्सार शुल्क बापत प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्कक बापत १० रुपैयाँ कर उठाउने गरेको छ । त्यसैगरि, डिजेलमा भने १२ रुपैयाँ २ पैसा भन्सार शुल्क र पूर्वाधर बापत १० रुपैयाँ कर उठाउने गरेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५