बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2022
bajura budhiganga

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारको विजय भएको छ।

नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रंगबहादुर खातिलाई पराजित गर्दै एमालेका रामबहादुर बानियाँ ४७७७ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी खातीले भने ३७७४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी रिता शाहीलाई पराजित गर्दै एमालेकी मायाकुमारी खड्का ४७२७ मत सहित विजयी भएकी छन्। साहीले भने ३७५५ मत प्राप्त गरेकी छन्।

नगरपालिकाको १, २, ३, ५, ६, ९ र १०नम्बर वडामा एमालेले प्यानल सहित विजय हाँसिल गरको छ भने ४,७ र ८ नम्बर वडामा काँग्रेस विजयी भएको छ।

वैसाख ३० गतेको निर्वाचनमा धाँधली भएपछी सो नगरपालिकामा असार २३ गते पुन: निर्वाचन गरिएको थियो। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५