रासायनिक मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरूद्ध प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2023
kishan aandolan rasayanik mal

किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै आज विभिन्न किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले कटौती गर्ने सरकारको निर्णयको विरोधमा, आज अखिल नेपाल किसान महासंघ,नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रदर्शनमा उनीहरुले नेपाली किसानको बजार सुनिश्चित गर,किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन,मलको भयो हाहाकार,राजीनामा देउ सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेर सरकारको निर्णयको चर्को विरोध गरेका थिए । सरकारले किसान विरोधी निर्णय गरेको भन्दै, सरकारको उक्त निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५