रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्द सर्वोच्चमा निवेदन

  • नेपाल राष्ट्रिय दैनिक
  • May 28, 2023
sarwochha

जेठ १४,काठमाडौं : जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै, सर्वोच्चले समेत जन्मकैदको फैसला तोकेको टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा आम माफी दिएको छ।

यसैबीच, टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले, रेशम चौधरीलाई आममाफी दिने सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् ।

अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि शारदाले राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।

वि.सं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५