राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 14, 2023
subash nemwang

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थीव शरीर श्रद्धाञ्जली पछि बालुवाटारस्थित निजी निवासमा राखिएको छ ।

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ  भने यसअघि मन्त्रिपरिषद बैठकले हृदयघातबाट स्वर्गीय भएका नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५