हेटौंडा- प्रदेशसभा ठप्प भएको ४ महिनापछि शुक्रबार बसेको बागमती प्रदेशसभाको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आगामी शुक्रबार माघ १८ गते ११ बजे प्रदेश सभाको १५औं अधिवेशन बोलाउन प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो भने सो अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो ।
लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्