सिंहदरबारको फोहोर नउठाउन मेयर साहको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 9, 2023
balen and fohor

२६ चैत, काठमाडों । काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले सामाजिक सञ्जाल मार्फत सिंहदरबारको फोहोर नउठाउने बताएका थिए। उनको सो घोषणा लगत्तै आइतबारबाट महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ ।

सिंहदरबारले महानगरपालिकाको काममा असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने बताएका थिए।

काठमाडौंका मेयर साहले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले बताएका छन् । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं’ उनले भने।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५