विश्वकप २०२२ को नकआउट चरणमा १६ राष्ट्र:कुन टिम कोसँग खेल्दै ?

  • नेपाल राष्ट्रिय दैनिक
  • December 3, 2022
fifa worldcup 2022

कतारमा जारी फिफा विश्वकप २०२२ मा १६ राष्ट्र नकआउट चरणमा पुग्न सफल भएका छन् ।

३२ राष्ट्र सहभागी विश्वकप २०२२ को समूह चरणको खेल यसपटक निकै अनपेक्षित रहयो। यसपटक पूर्व च्याम्पियन जर्मनीदेखि,उरुग्वे र बेल्जियम जस्ता दावेदार मानिएका राष्ट्रहरु समुह चरणबाटै बाहिरिएका छन् भने, जापान, मोरक्को र स्वीटजरल्याण्ड लगायतका राष्ट्रहरुले अप्रत्याशित रुपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल रहे।

विश्वकप २०२२ मा अब फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा १६ राष्ट्रको आठ वटा खेल हुनेछ। जसमा समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन्।

अन्तिम १६ का खेलहरुको तालिका :
मंसिर १७ गते शनिबार

(राति ८:४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका
(राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

मंसिर १८ गते आइतबार
(राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल
(राति ८:४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड

मंसिर १९ गते सोमबार

(राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया

(राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया

मंसिर २० गते मंगलबार
(राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन

(राति १२:४५ बजे) पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५