भरतपुर महानगरमा फराकिलो बन्दै मतान्तर

  • नेपाल राष्ट्रिय दैनिक
  • May 18, 2022
renu jagannath bijaya

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले जारी मतगणनामा निकटतम प्रतिद्वन्द्वी एमालेको मेयर पदका उम्मेदवार विजय सुबेदी सँगको मतान्तर फराकिलो बनाएकी छिन् ।

वडा नम्बर ६ मा अहिले मतगणना जारी रहंदा दाहालले १६१७ मतको अन्तर कायम राख्न सफल भएकी छिन् । भरतपुर महानगरपालिकामा भएको २७०२६ मतगणनामा दाहालले ९८०१ मतको साथ अग्रता लिएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८१८४ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङले ६६६८ मत ल्याएकी छिन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५