देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2023
nepal chikitsak sangh medical association

काठमाडौं, भदौ १ : नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि भएको शारीरिक दुव्र्यवहारमा संलग्न दोषीलाई कानुनी कारबाही नभएको भन्दै संघले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा पूर्णरुपमा बन्द रहने जनाएको छ ।

सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम समेत दिएको छ ।

घटनामा संलग्न सबै दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७९ बमोजिम फौजदारी अभियोग लगाउन र कानुनी कारबाही गर्नुपर्नेमा संघले माग गरेको छ।

हेटौँडा अस्पताल घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले घटनालाई दबाउन खोजेको आरोप लगाउंदै संघले घटनाको छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५