नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेभएको छ।
निगमले सार्वजनिक गर्ने नयाँ मूल्य अन्तर्गत पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँले घटेर पेट्रोलको नयाँ मूल्य १७९ र डिजेल र मट्टितेलको नयाँ मूल्य १६३ कायम हुनेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर मूल्य घटाउने सहमति भएपछी डाकिएको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने निर्णय गरेको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्