बझाङमा शनिबार बेलुका ८ बजेर १२ मिनेटमा ५.४ रेक्टर स्केलकाे भूकम्प गएको छ।
बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाे पाटादेवल केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ।
भूकम्पको धक्का दार्चुला, डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पले केहि घर भत्काएको बताइएपनि के कति क्षति भयो भन्ने बारे भने पूर्ण विवरण आइसकेको छैन। भूकम्पको त्रासको कारण स्थानीयहरू घर बाहिर बसिरहेका र चिसोबाट बच्न बाहिर आगो बालेर आगो ताप्दै बसिरहेका बताइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्