गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ दल सम्बद्द विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
image

सत्तारुढ गठबन्धन दल सम्बद्द विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै पाँच दिने चरणबद्द आन्दोलनको घोषणा गरेका छन्।

नेपाली कांग्रेस सम्बद्द नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा गभर्नर अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप पदमा रहेर कानुनको धज्जी उडाएको र प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न शक्रिय रहेको दावी गर्दै सरकार समक्ष गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

उनीहरुले गभर्नर बर्खास्तीको माग गर्दै घोषणा गरेको चरणबद्द आन्दोलन अन्तर्गत,
श्रावन ३ गते प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउने, ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने ,५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, ६ गते देशभरका कलेजमा विरोध प्रदर्शन गर्ने र ७ गते संघिय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्दै संसदमा आवाज उठाउन अनुरोध गर्ने घोषणा गरेका छन् ।

press release on governor resignation
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५