‘नो केबलकार’ समूह र सरकारी टाेलीबिचको वार्ता निष्कर्षविहीन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
no cable car protest maitighar scaled

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले सरकारसंग बसेको वार्ता बिनानिष्कर्ष टुंगिएको बताएका छन् । यधपी सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद महराईले विज्ञप्ति जारी गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ।

आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको अवस्थामा सरकारी टोलीले वार्तामा पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको नो केबलकार समूहले बताएको छ।

आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गर्दै वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५