चितवन काँग्रेसका नेताहरुको यू टर्न

  • नेपाल राष्ट्रिय दैनिक
  • May 5, 2022
jitnarayan tek prasad rajeshwor

स्थानिय निर्वाचनको माहोलले देशको राष्ट्रिय राजनीति चर्कीरहेको बेला यतिखेर सबैको ध्यान भने चितवनको भरतपुर महानगरपालिकामा केन्द्रित रहेको छ।  भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवार रेणु दाहालकै विरुद्ध   काँग्रेसकै तर्फबात जगन्नाथ पौडेलको उम्मेद्वारी परेपछि चितवनको राजनीतिक  सरगर्मी निकै नै बढेको छ।

 चितवन काँग्रेसले भरतपुरको मेयर काँग्रेसले नै पाउनुपर्ने अडान राख्दै केन्द्रिय समितिलाई  ध्यानाकर्षण  गराएको भएपनि ति सबै कुराहरुलाई वेवास्ता गर्दै केन्द्रले माओवादीको तर्फबाट निवर्तमान मेयर रेणु दाहाललाई नै मेयरको साझा उम्मेदवारको रुपमा खडा गर्यो।  केन्द्रको त्यहि निर्णयको विरोध गर्दै पूर्व सांसद जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरको रुपमा आफ्नो स्वतन्त्र उम्मेद्वारी दिए।  पौडेलको उम्मेद्वारी फिर्ता गराउन र  उनलाई फकाउन गृहमन्त्री देखि लिएर राज्यको ठुलै संयन्त्र लाग्दा पनि पौडेलले आफ्नो उम्मेद्वारी भने फिर्ता लिएनन्।  तर यो बिचमा हिजो गठबन्धनको निर्णयको विरोध गरेर मेयर पद काँग्रेसले नै पाउनुपर्ने अडान राख्दै आएका चितवन काँग्रेसका शिर्ष नेताहरुले भने एकाएक यू टर्न लिएका छन्। 

काँग्रेस चितवनका सभापति राजेश्वर खनाल

चितवन काँग्रेसलाई रुखमा नै भोट हाल्न पाउने बनाउँछु भन्ने  नारा लिएर चितवन काँग्रेसको सभापति बनेका खनाल अहिले आँफै हँसिया हथौडामा भोट हाल्न र भोट माग्न तयार देखिन्छन।  नेपाल राष्ट्रिय दैनिकसंगकै कुराकानीमा भरतपुरको मेयर काँग्रेसले नपाए आफुहरुले आफ्नै एक उम्मेदवार खडा गरेर निर्वाचनमा जाने तयारि गरेको बताउने चितवन जिल्ला काँग्रेसका सभापति राजेश्वर खनालको यू टर्न त्यतिनै बेला देखियो जब उनि काठमाडौँ पुगेर सभापति देउवालाई भेटेर फर्किए ।  त्यसपछि त उनले यो गठबन्धन  काँग्रेसको १४ औँ महाधिवेशनबाट संस्थागत रुपमा अनुमोदन गरेर आएको भन्न समेत पछि परेनन् , जबकि १४ औँ महाधिवेशन पछि बनेको चुनावी तालमेलको विरुद्धमा उनको नेतृत्वमा बनेको एउटा कार्यदलले काठमाडौँ गएर गठबन्धनको निर्णयको विरोध गर्दै सभापति देउवा लगायत केन्द्रिय नेताहरुलाई ध्यानाकर्षण पत्र नै बुझाएको थियो।  हिजो गठबन्धनको निर्णयको विरोध गर्दै हिंडेका सभापति खनाल अहिले यो गठबन्धन लोकतन्त्रलाई संस्थागत गर्न बनेको र आफुले यसलाई मानेर अघि बढ्ने बताउन थालेका छन् ।  त्यतिमात्र नभएर  हिजो केन्द्रको निर्णय विरुद्ध आफुसंगै ध्यानाकर्षण पत्र बुझाउन गएका जगन्नाथ पौडेललाई  कारवाही गर्ने समेत बताए।

निवर्तमान सभापति जितनारायण श्रेष्ठ

माओवादीले काटेको हातले माओवादिकै हँसिया हथौडामा भोट कसरि हाल्न सक्छ ? केहि समय अगाडी यस्तै भाषण गरेर चर्चा कमाएका चितवन काँग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठ अहिले यू टर्न लिएर हँसिया हथौडामा भोट हाल्न तयार भएका छन्।  त्यसो त पांच बर्ष अगाडि आफु जिल्लाको सभापति हुँदानै उनले खुलेर हँसिया हथौडामा भोट मागेर हिंडे।  त्यसैले उनको यू  टर्नलाई त्यति साह्रो आश्चार्य मान्नु  पर्दैन।  तर केहि समय अगाडी अब चितवन काँग्रेसले रुख मै भोट हाल्न पाउनुपर्छ भन्दै भाषणमा चर्किएर बोल्दै हिंड्ने श्रेष्ठले भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजित आजको गठबन्धनको चुनावी सभामा भने आफु फेरी पनि हँसिया हथौडामा भोट हालेर मेयरमा रेणु दाहाललाई जिताउन तयार भएको बताएका छन्। 

काँग्रेस केन्द्रिय सदस्य तथा काँग्रेस चितवनका  पूर्व सभापति  टेक प्रसाद गुरुङ    

काँग्रेस केन्द्रिय सदस्य तथा काँग्रेस चितवनका  पूर्व सभापति  टेक प्रसाद गुरुङ पनि खुलेरै केन्द्रले गरेको गठबन्धनको उम्मेद्वारी विरुद्धमा लागे।  जहिले पनि अरुलाई सघाउनु पर्ने ? यसपाली हामीलाई सघाउनुहोस तर मेयर काँग्रेसले नै पाउनुपर्ने भन्दै अडान लिंदै आएका गुरुङले पनि आजको चुनावी सभामा गठबन्धनको उम्मेदवारलाई सघाउने प्रतिवद्दता व्यक्त गरेका छन्। केन्द्रिय नेताहरुले आफ्नो प्रतिवद्दता पुरा गरे आफुहरु गठबन्धनकै पछि पछि लाग्न तयार रहेको केन्द्रिय सदस्य  गुरुङले बताएका छन्। 

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५