मधेश प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीको अवरोध

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2022
1623329296 pradesh2

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि अवरुद्ध हुँदै आएको मधेश प्रदेश सभाको बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज पनि अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्। अर्थमन्त्रि साहले भने आफुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम बाढीको चपेटामा रहेको सप्तरीको लागि प्रक्रिया पुराएरनै बजेट विनियोजन गरेको बताएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले भने अर्थमन्त्रीको भनाइ चित्तबुझ्दो नभएको भन्दै सो विषयको छानविन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५