आगामी ३ दिनको मौसमी विवरण

  • नेपाल राष्ट्रिय दैनिक
  • May 7, 2022
mausam bibhag

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

२०७९ वैशाख २४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ लगाएत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २५ गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २६ गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनारहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५