मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 8, 2025
satiskumar sing muskan aspatal mukhya mantri

जनकपुर- उपचारमा लापरबाही गरेको र दर्ता भन्दै मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको मुस्कान अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

पित्तथैलीको शल्यक्रियामा लापरवाही भएको र शल्यक्रियाको २० दिनसम्म पनि बिरामीको होस् नआएको भन्ने समाचार प्रकाशित भएपछी अस्त्पतालाको अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले अस्पताल दर्ता समेत नगरी अवैध रुपमा संचालन गरिरहेको भन्ने बुझेपछि उनले अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन निर्देशन दिंदै बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादवको अहिलेसम्म होस् आएको छैन ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५