आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
pradhanmantri karyalay mantrparishad


आज बसेको मन्त्रिपरिषद बैठकले यसघि आइतबारको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको छ। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ।

इन्धन खपत कम गर्न भन्दै वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने भनि गरेको निर्णय आजको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ । जेठ १ गतेदेखि कार्यान्वयनमा आएको उक्त निर्णय जेठको अन्तिम दिन खारेज हुने भएको छ। । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको बेला आजको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयको विरुद्ध अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आज नै सर्वोच्चमा रिट समेत दायर गरेका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५