काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • June 19, 2022
Kathmandu mahanagarpalika

काठमाडौं महानगरपालिकाको आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को लागि बजेट तर्जुमा गर्न महानगरले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान महानगरले कार्यपालिकाको बैठक समेत सम्पन्न गरेको छ।

स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेन्द्र साहको नेतृत्वमा आउन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सबैको चासोको विषय बनेको छ। यो बिचमा स्वतन्त्र रुपमा मेयर जितेर अल्पमतमा रहेका शाहलाई नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट चुनिएर आएका जनप्रतिनिधिहरुले अवरोध गर्छन या समर्थन गर्नेछन भन्ने पनि आम चासोको विषय बनेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५