नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
व्यापार घाटा बढेको, अर्थतन्त्र सुस्त भएको र सुधारका लागि कुनै पहल नभएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री शर्मा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्