राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ जेष्ठ २०८०, बुधबार १२:५५
ramchandra poudel

जेठ १७, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभइ फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएपनि,जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो ।

nagarikata bidheyak
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५