नेत्र बिक्रम चन्द विप्लब विरुद्द पक्राउ पुर्जी जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 1, 2022
Netra Bikram Chand.biplav

जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले श्रावण ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम ३५ दिने पक्राउ पुर्जी जारी गरिएको बताएको छ।

हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा महासचिव विप्लब सहित पार्टीका अन्य व्यक्तिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।अदालतले जारि गरेको पक्राउ पुर्जीमा आदेश अनुसार ३५ दिनभित्र अदालत उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३५ बमोजिम कारबाही गरिने बताएको छ।

त्यसैगरी अदालतले खड्ग बहादुर विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर, कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल र सन्जिव नेपाली विरुद्ध पनि संयुक्त रुपमा पक्राउ पुर्जी जारी गरेको छ।

biplab pakrau purji
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५