नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

  • नेपाल राष्ट्रिय दैनिक
  • March 24, 2023
nepal population

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ।

तथ्यांक विभागले शुक्रबार आयोजना गरेको कार्यक्रम मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको रहेको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।

विभागको नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । सार्वजनिक तथ्यांक अनुसार पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५