युद्धविराम सम्झौताको पहिलो दिनमै गाजाको पश्चिम किनारका गाउँहरूमा पुन: इजरायली आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ माघ २०८१, मंगलवार ०५:२७
gaza palestine

गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायलले ९० प्यालेस्टिनीहरूलाई रिहा गरेको केही घण्टापछि, इजरायली आवास क्षेत्रका मानिसहरुले जेरुसेलमको उत्तरमा कब्जा गरिएका दुई पश्चिम किनारका गाउँहरूमा आक्रमण गरेका छन्। आक्रमणमा प्यालेस्टिनी घर, पसल र अन्य भौतिक संरचना जलेर नष्ट भएका छन्।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाको अनुसार इजरायली सेनाले रातभरको हिंसाको क्रममा इजरायली आवास क्षेत्रका मानिसहरुलाई समर्थन गरेको थियो र पश्चिम किनारमा गरिएको सैन्य छापामा दर्जनौं प्यालेस्टिनीहरूलाई पक्राउ समेत गरिएको छ।

आइतबार युद्धविराम लागू भएदेखि दक्षिणी गाजाको रफाहमा इजरायली सेनाले गोली हानी मारेका कम्तीमा तीन प्यालेस्टिनीहरूमध्ये एक सानो बच्चा पनि समावेश छ।

अक्टोबर ७, २०२३ देखि इजरायलले गाजामा गरेको युद्धमा कम्तिमा ४७,०३५ प्यालेस्टिनीको मृत्यु भएको छ र १११,०९१ जना घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा १,१३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५