सुन तस्करी सेटिङको आरोपमा गृहमन्त्रीका पीएसओ नियन्त्रणमा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 22, 2022
nepal police headquarter

सुन तस्करी सेटिङको आरोप लागेपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्कीलाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय तानिएको छ।

उनलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको र सत्यतथ्य पत्ता लगाएर संलग्नता देखिए त्यहीअनुसार कारबाही हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

कार्की उपर प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको निरीक्षणालयले समिति बनाएर अनुसन्धान अघि बढाएको छ ।

कार्कीले दुबईबाट आएको तस्करीको सुन गन्तव्यसम्म पुर्‍याउने सेटिङ गर्ने गरेको र यसबापत उनले रकम लिने गरेको आरोप छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५