निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
jabara sahmsher cholendra

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ ।

प्रतिनिधिसभा, महाभियोग सिफारिस समितिले जबरासँग बयान लिइरहेको छ । यसअघि समितिले २०७९ भाद्र १५ र १६ गते जबरासँग बयान लिएको थियो, जहाँ उनले आफूमाथि लागेको आरोपमा आफू दोषी नभएको बयान दिएका थिए ।

जबरालाई प्रश्न सोध्न बाँकी रहेकाले आज समितिको बैठक पुनः बोलाइएको हो ।समितिले जबराको बयानका लागि ४३ वटा प्रश्न तयार गरेको भएपनि हालसम्म ६ वटा मात्र प्रश्न सोधिएको छ ।

महाभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरिएको छ ।

सत्तारुढ दलका सांसदले जबराविरुद्ध २०७८ फागुन १ गते आफ्नो आधिकारिक जिम्मेवारी विपरित काम गरेर संविधान र कानुन उल्लंघन गरेको भन्दै जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए ।

https://nepalrastriyadainik.com/%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%ac%e0%a4%af%e0%a4%be%e0%a4%a8/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५