दलाई लामासँगको भेटपछि तिब्बती मामिलाको विशेष संयोजक उज्रा जेया नेपालमा

  • नेपाल राष्ट्रिय दैनिक
  • May 20, 2022
uzra zeya

नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारसम्बन्धी संयुक्त राज्य अमेरिकाको उपसचिव तथा तिब्बती मामिलाको विशेष संयोजक उज्रा जेया तीन दिने औपचारिक भ्रमणको क्रममा आज काठमाडौँ आइपुगेकी छन्।

एमसीसी अनुमोदन गरेपछि काठमाडौँमा बढेको अमेरिकी कुटनितिज्ञहरुको चहलपहल बीच ,तिब्बती धर्मगुरु दलाई लामा र निर्वासनमा रहेका तिब्बती सरकारका केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष (सिक्योङ) पेन्पा त्सेरिनसँग भारतको नयाँ दिल्लीमा भेटघाट गरेर नेपाल आएकी जेयाको यो भ्रमणलाई नेपालि राजनीतिक वृतमा चीन विरुद्धको भूराजनीतिक कुटनीतिको रुपमा विश्लेषण गरिएको छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य राजनीतिक उच्च अधिकारीहरुबीच भेटघाट गर्ने कार्यक्रम रहेको छ।
औपचारीक रुपमा उल्लेख नगरेको भएपनि,जेयाको नेपाल आगमन लगत्तै उनले नेपालमा रहेका तिब्बती शरणार्थी नेताहरूलाई पनि भेट गर्ने चर्चा भने बढेको छ।
यहि चर्चाको बिचमा तिब्बती शरणार्थीहरुलाई परिचय पत्र उपलब्ध गराउने विषयमा पनि पहल गर्न उनको यो भ्रमण विशेष रहेने विश्लेषकहरु बताउँछन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५