त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवरुद्ध आन्तरिक उडान सेवा सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • May 4, 2022
TIA airport scaled

बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नियमित रुपमा आन्तरिक उडान सुरु भएको छ।

अन्तर्राष्ट्रिय उडान अवरुद्ध नभए पनि आन्तरिक टर्मिनलमा बम रहेको भनि अज्ञात व्यक्तिले फोन गरेपछि विमानस्थलले आन्तरिक उडान भने बन्द गरेको थियो ।

पाकिस्तानी नम्बरबाट आएको भनिएको अज्ञात व्यक्तिको फोन लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले तालिम प्राप्त कुकुरसहित खोजि अभियान चलाएको थियो। तर सुरक्षाकर्मीले खोज तलासको क्रममा कुनै पनि बम वा अन्य कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएपछि भने विमानस्थलले आन्तरिक तर्फको उडानसेवा पनि सुरु गरेको छ।


आज करिब बिहान १० बजेको समय पश्चात झन्डै १ घण्टा आन्तरिक उडान तर्फको सम्पुर्ण हवाई सेवाहरु अवरुद्ध भएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५