नेपालको बैंकिङ क्षेत्र सुरक्षित छ: सानोतिनी धक्काले असर गर्दैन : गभर्नर

  • नेपाल राष्ट्रिय दैनिक
  • April 11, 2023
governer rashtra bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरुको अवस्था सुरक्षित रहेको र सानोतिनो धक्काले यसलाई असर नगर्ने बताउनुभएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वित्तीय तथ्यांक सार्वजनिक गर्दै गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको बताउनुभएको थियो।

हाल बैंकको ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेस रेट घट्दो दरमा पुगेको अधिकारीले बताएका छन् । नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले हतास हुनुपर्ने अवस्था नरहेको भन्दै, उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको र निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५