डा भट्टराईसहित ९ केन्द्रीय नेता जसपाबाट बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • July 14, 2022
jasapa janat samajwadi

जनता समाजवादी पार्टीको विरगंजमा बसेको पेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई बर्खास्त गरेको छ ।

पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै बिहीबार भट्टराई र उनको गुटका नेतालाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

संघीय परिषद अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्य महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोब, रमेश यादव, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई पदमुक्त गरिएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं वन तथा वातावरण मन्त्री प्रदीप यादवले जानकारी दिनुभएको छ।

मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई समूहको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी बनाउने निर्णय गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५