उपसभामुख पद खारेज गर्न काँग्रेस सांसदको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
FederalParliamentSept12 20190913172012 1

प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ।

२०७६ माघ देखि खाली रहेको उपसभामुख पद आवश्यक नभए र उपसभामुख राख्दा राज्यको धेरै खर्च हुने टिप्पणी गर्दै उक्त पद खारेज गर्नु उपयुक्त हुने उहाँले बताउनुभएको हो ।

उपसभामुख पद लामो समयदेखि रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन रहेका छन्। संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५