प्रचण्डलाई जनार्दनको प्रश्न : निर्वाचनबाट चुनिएर अध्यक्ष बन्न किन आँट नगरेको ?

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ पुष २०८१, मंगलवार १६:१६
janardan

काठमाडौं – काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्माले निर्वाचन प्रक्रियाबाटनै पार्टी अध्यक्ष चुनिएर आउनुपर्ने अभिव्यक्ति दिएका छन्।

शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका छन् ।‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि स्थापित गरिसकेको अवस्थामा अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ निर्वाचनबाट चुनिएर आउन किन डराउनुपर्यो ’, उनले भने।

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा व्यक्त गरेका छन्।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५