साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पराजित भएको छ।
दशरथ रंगशालामा भएको आजको फाइनल खेलमा नेपाललाई ३–१ को गोल अन्तरले पराजित गर्दै, बगंलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।
पटक-पटक उपाधि नजिक पुगेर हार बेहोरेको नेपालले यस पटक पनि पुरानै इतिहासलाई कायम राखेको छ।
बंगलादेशको तर्फबाट कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरेका थिए भने, नेपालको तर्फबाट खेलको ७० औँ मिनेटमा अनिता बस्नेतले एक गोल गर्न सफल भएकी थिइन।
आफ्नो प्रतिक्रिया दिनुहोस्