५ वैशाख, काठमाडौं – मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले,बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना प्रकाशित गरेका छन्।
यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको निर्देशनमा स्थगित गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्