ताइवानको स्वतन्त्रताको अर्थ युद्ध हो : चीन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 18, 2022
china uk

बेलायतका लागि चिनियाँ राजदूतले लन्डनलाई ताइवानको स्वतन्त्रताको मुद्दामा अमेरिकी नेतृत्वलाई नपछ्याउन आग्रह गरेका छन्।

चिनियाँ राजदूतले ताइवानमा बेलायती र अमेरिकी हस्तक्षेपले युद्ध निम्त्याउन सक्ने चेतावनी दिँदै, ताइवानको स्वतन्त्रताको मुद्दामा लन्डनसँग बेइजिङको सम्बन्ध अब चौबाटोमा पुगेको दाबी गरेका छन्।

बेलायतका लागि चिनियाँ राजदूत झेङ जेगुआङले ताइवान मामलामा आफ्नो सरकारको अडान प्रस्तुत गर्दै ताइवान चीन, अमेरिका र बेलायतका लागि “टच स्टोन मुद्दा” भएको घोषणा गरेका छन् ।

बेलायतका लागि चिनियाँ राजदूतले, वर्षौंदेखि, अमेरिकाले ताइवानमा हतियार बिक्रीको स्वीकृति दिएर एक चीन नीतिको सिद्धान्तलाई खोक्रो बनाएको र चीनलाई नियन्त्रणमा राख्न ‘ताइवान कार्ड’ खेल्दै आएको बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५