बेलायतले घानाका लुटिएका ‘मुकुट रत्न’ फिर्ता गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2024
ghana crown uk loot

असान्ते राजाको दरबारबाट लुटेको १५० वर्षपछि बेलायतले घानाका केही “मुकुट रत्नहरू” घर फिर्ता पठाउने भएको छ ।

बीबीसीको अनुसार दीर्घकालीन ऋण सम्झौताहरू अन्तर्गत फिर्ता हुने ३२ वस्तुहरूमध्ये सुनको शान्ति पाइप हो।भिक्टोरिया र अल्बर्ट संग्रहालयले १७ र ब्रिटिश संग्रहालयले १५ वस्तुहरु घाना फिर्ता पठाउने भएका छन्।

सो वस्तुहरु पुन: घाना पठाउने विषमा घानाका मुख्य वार्ताकारले घानाको एउटा पुस्ताको क्रोध पछि “सांस्कृतिक सहयोगको नयाँ भावना” को आशा पलाएको बताएका छन् ।

ब्रिटिश म्यूजियम लगायत बेलायतका केही राष्ट्रिय सङ्ग्रहालयहरू- तिनीहरूको सङ्कलनमा विवादित वस्तुहरू स्थायी रूपमा फिर्ता दिन कानुनद्वारा प्रतिबन्धित छन्, र यस्ता वस्तुहरूलाई तिनीहरूको मूल देशहरूमा फिर्ता गर्न अनुमति दिंदा ऋण सम्झौताको रुपमा फिर्ता गर्न सकिने उल्लेख गरिएको छ। तर विवादित कलाकृतिहरूको दाबी गर्ने केही देशहरूले बेलायतको स्वामित्व स्वीकार गरेको संकेत गर्न ऋण सम्झौताको प्रयोग गरेको भन्दै त्यसको आलोचना गरेका छन् ।

ऋणको रुपमा फिर्ता दिइने वस्तुहरूमा धेरै जसो १९ औं शताब्दीमा बेलायती र असान्ते बीचको युद्धमा लिइएको राज्यको तरवार र सो बखतका अधिकारीहरूले लगाएको सुनको ब्याजहरू समावेश रहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५