सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि जेठदेखि पुँजी बजार शुक्रबार खुल्ने भएको छ ।
पूँजी बजार यसअघि शुक्रबार र शनिबार बन्द हुने भएपनि अब शनिबार र आइतबार बन्द हुने भएको छ तर पहिलेको जस्तै पाँच दिन मात्र बजार खुल्ला रहने बोर्डले जनाएको छ।
त्यस्तै बोर्डका अध्यक्ष हमालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी आर्थिक वर्षदेखि साधारण शेयर आईपीओ भर्न पाउनेछन् र उनीहरुका लागि निश्चित कोटा छुट्याइने हमालले जानकारी दिनुभएको छ ।
बोर्डका अध्यक्ष रमेश हमालले सरकारले कार्यदल बनाएर तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र यी सबै कुरा कार्यान्वयनमा आउने बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्