आरोपी शिवराज श्रेष्ठसँग मिल्यो निहारिका राजपुतको छोराको डीएनए

  • नेपाल राष्ट्रिय दैनिक
  • November 4, 2022
Niharika 2 VKA0LZgZJH

२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।

उच्च अदालत, जनकपुरले ८ भदौमा निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न दिएको आदेश अनुरुप खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।

राजपुतले पटक-पटक डीएनए परिक्षणको माग गर्दै अनशन बसेपछि भदौ ५ गते तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति गरेर अनशन तोडेकी थिइन् । यसअघि, श्रेष्ठले निहारिकासँग आफ्नो सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।यता,निहारिकाले भने डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।

डीएनए परिक्षणको रिपोर्ट आएपछि श्रेष्ठलाई पक्राउ गर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास अगाडी पत्रकार सम्मेलन गर्न पुगेकी राजपुतलाई आज प्रहरीले पक्राउ गरेर छाडेको छ। प्रधानमन्त्री निवासजस्तो सुरक्षा संवेदनशील क्षेत्रमा पत्रकार सम्मेलन गर्न लागेकोले उनलाई पक्राउ गरेर केहि समयमा छोडिएको प्रहरीले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५