रामेछापमा बस दुर्घटना: १३ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 5, 2022
617e30b59c76f dadeldhura bus accident

रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान खाँडादेवी १ लुभुघाटमा दुर्घटना हुँदा १३ जनाको मृत्यु र २० जना घाइते भएका छन् ।

रामेछापको सुनापती गाउंपालिका ३ हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परि सडकबाट करिब १०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

अपडेट : दुर्घटनाको पछिल्लो अपडेट अनुसार धुलिखेल अस्पतालमा उपचाररत अन्य ४ जना घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ। यो संगै मृत्यु हुनेको संख्या १३ पुगेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५