काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
भीमफेदीको आरोलोमा बस सडकबाट तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनास्थलमा अहिले उद्दार कार्य जारी रहेको छ भने, घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाको पूर्ण विवरण आइनसकेकोले मृत्युहुने र घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्