जनता समाजवादी पार्टीका चार मन्त्रीहरु बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • October 13, 2022
Rajendra istiyak. pradeep and mrigendra

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ ।

जसपाले गठबन्धन छाडेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँगको समन्वयमा निर्वाचनमा जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको बताइएको छ।निर्वाचन आचारसंहिता लागू भइसकेकाले यसअघि मन्त्रीहरुलाई हटाउने विषयमा निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेका देउवाले आज जसपाका चारै जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो। तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीलाई बर्खास्त गर्न मिल्ने भएपनि राजनीतिक नियुक्ति गर्न भने नसकिने आयोगले बताएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव गठबन्धन सरकारको मन्त्रिपरिषदमा रहेका थिए ।

त्यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन्। कानुन मन्त्रालयको कार्यभार, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।

president notice
https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५