एकै दिन यति एयरको २ वटा जहाजमा समस्या: इन्जिन फेल भएपछी आकस्मिक अवतरण

  • नेपाल राष्ट्रिय दैनिक
  • July 29, 2022
yeti airlines

विमानमा खराबी देखिएपछि यति एयरको २ वटा विमानको नियमित उडान अवरुद्द भएको छ।


जहाजको बायाँ इन्जिनमा खराबीको संकेत देखिएपछि पोखराबाट काठमाडौंको लागि उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ विमान उडान भरेको करिब ६ मिनेटपछि पुन: पोखरामै फर्काइएको छ । ४५ जना यात्रु सवार सो विमानलाई सकुशल पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको थियो।

त्यसैगरी,विराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उडान भर्न लागेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइन भएको यति एयरको जहाजमा पनि खराबी देखिएपछि उडान अवरुद्द भएको छ। उडान भर्ने लाग्दा विमानमा समस्या देखिएपछि एयरलाइन्सले यात्रुहरु ओरालेको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५