ताइवान वरपर सैन्य अभ्यास अन्त्य भएको चीनको घोषणा:नियमित गस्ती भने जारी राख्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 10, 2022
china jet

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेईको विवादास्पद भ्रमणपछि सुरु गरिएको ताइवान वरपरको अभूतपूर्व सैन्य अभ्यासलाई चीनले अन्त्य गरेको घोषणा गरेको छ।

चिनियाँ जनमुक्ति सेनाले टापुको वरिपरि असाइनमेन्टहरू सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेपनि नियमित गस्ती भने जारी राख्ने जनाएको छ।
पीपुल्स लिबरेशन आर्मी (पीएलए) को पूर्वी थिएटर कमाण्डका प्रवक्ता, कर्नल शि यीले, सैन्य प्रशिक्षण र तयारी” जारी राख्ने र “राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न ताइवान स्ट्रेटमा गस्तीहरू व्यवस्थित गर्ने बताएका छन्।

बेइजिङले जारि गरेको श्वेतपत्रमा भनिएको छ,”हामी सबैभन्दा ठूलो इमानदारीका साथ काम गर्नेछौं र शान्तिपूर्ण पुनर्मिलन हासिल गर्न हाम्रो सक्दो प्रयास गर्नेछौं। तर हामी बलको प्रयोग त्याग्ने छैनौं, र हामी सबै आवश्यक उपायहरू लिने विकल्प आरक्षित राख्छौं ” । साथै, बाह्य हस्तक्षेप र पृथकतावादी गतिविधिहरू रोक्नको लागि यो आकस्मिकता आवश्यक भएको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५