समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दुई दिनको समय

  • नेपाल राष्ट्रिय दैनिक
  • September 18, 2022
Nirbachan Aayog 1

मंसिर ४ मा हुने आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आज र भोलि गरि दुई दिनको समय निर्धारण गरेको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्ने जनाएको छ । साथै, आयोगले उल्लेखित ऐन नियम तथा नियमावली र निर्देशिकामा उल्लेख भएको प्रक्रिया पुरा गरि , समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व रहने गरि उम्मेदवारहरुको बन्दसूची पेस गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले असोज ४ देखि ९ गतेसम्म पेस गरिएको बन्दसूची उपर छानबिन गरी आवश्यक ठहरिएमा बन्दसूची सच्याउन दलहरूलाई जानकारी गराउनेछ ।त्यसैगरी,बन्दसूचीमा सच्याउन उल्लेख भएको विषयमा सिमित रही। १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गर्न सकिने पनि आयोगले जनाएको छ।

nirwachan aayog
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५