नेपाललाई भूराजनीतिक खेलमा समावेश गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ: चीन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 27, 2022
111wang

चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा नेपालको मामिलामा नेपालीले निर्णय गर्नुपर्ने बताएका छन् ।

‘नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पु¥याउने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र भू–राजनीतिक खेलमा देशलाई सामेल गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ,’ उनले भने ।

चीनको नेपालको आन्तरिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताउँदै यीले दुई देशको सम्बन्ध दुई देशका नेताले निर्णय गरेको दिशामा अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय परिस्थिति अनुरूप नेपालको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै राजनीतिक दललाई सामूहिक छलफल र परामर्शमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५