नयाँ मन्त्रि नियुक्ति प्रक्रिया स्थगित: पुरानैलाई थमौती

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
ministers

नेकपा एकीकृत समाजवादी पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने बताएपछि तत्कालका लागि नयाँ मन्त्रीहरु नियुक्ति गर्ने एकीकृत समाजवादीको निर्णय कार्यन्वयन हुन सकेन।

नेकपा एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्री हेरफेरको विषयमा आन्तरिक विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो।आज नै नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने हल्ला चलिरहेको बेला प्रधानमन्त्री देउवाले भने केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएपछि प्रक्रिया अगाडी नबढाइएको जानकारी प्राप्त भएको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५